‘भीभीआईपी’को सवारी चलाउने नाममा सडकमा व्यवधान नगर्न सर्वोच्चको परमादेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘भीभीआईपी’को सवारी चलाउने नाममा सडकमा व्यवधान नगर्न सर्वोच्चको परमादेश


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमा सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो ।

अधिवक्ता कोइरालाले ६ वर्षअघि दायर गरेको रिटमाथि मङ्गलवार न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता कोइरालाले २०७४ माघ १९ गते रिट दायर गरेका थिए ।

यो परमादेशसँगै अब विशिष्ट व्यक्तिको सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्ने काममा व्यवधान गर्न रोक लगाउन पाइने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस