करिब एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

करिब एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ


८ फाल्गुन २०८०, मंगलबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस