आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज (मंगलबार) दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस