सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सन् २०२३ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सोमबार काठमाडौँमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

यसअघि सन् २०२२ मा यस्ता घटनामा घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्यांक थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भएको उल्लेख छ । तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २ हजार २७४ घटना र सबैभन्दा कम कर्णालीमा कम घटना भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस