गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दा : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दा : ओली


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरूले सहकारीलाई ठगी धन्दा बनाएको बताएका छन् । गैरसहकारी व्यक्तिहरूले सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी गर्ने गर्ने गरेको बताएका हुन् ।

सोमबार काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला-२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सहकारीमा संकट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताएका छन् ।

‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त एदोग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने, ‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् ।’

‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे । जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भने, ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केही मान्छेले पैसा कमाए होलान् । इज्जत गुमाए होलान् ।’

Tags :
प्रतिक्रिया दिनुहोस