काँग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्न माग


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

काँग्रेसबाट निर्वाचित भएका वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका हुन्। ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको महासमिति बैठकमा बोल्दै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए।

यस्तै पार्टीको सांगठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने भन्दै उपसभापति गुरुङले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ । मुसाले धेरै बच्चा जन्माउँछ। हात्तीले एउटा जन्माउँछ तर, त्यही शक्तिशाली हुन्छ। ’काँग्रेसमा फेदमा बस्नेले दुख गर्ने टुप्पोमा बस्नेले मात्रै खाने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए।

‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्ने छ। यो हुन नसक्नु भनेको भ्रष्टाचार मौलाउनु हो। जबसम्म भूँइमा भएकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन तबसम्म केही गर्न सकिँदैन,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस