महासमिति बैठकमा धनराज गुरुङले भने-आसेपासे पुँजीवादले सुशासन ल्याउन सकिएन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महासमिति बैठकमा धनराज गुरुङले भने-आसेपासे पुँजीवादले सुशासन ल्याउन सकिएन


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले क्रोनी क्यापिटालिजम अर्थात् आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताएका छन् ।

पार्टीको महासमिति बैठकमा बोल्ने क्रममा सरकारका मन्त्रीसमेत रहेका गुरुङले क्रोनी क्यापिटालिजमले बाटो पहिल्याउन नसकिरहेका बताए । ‘नेताहरू व्यापारी जस्ता देखिए । व्यापारी कतै नेताहरू जस्ता देखिए,’ गुरुङले भने । क्रोनी क्यापिटालिजम कै कारणले आर्थिक सुशासन कायम गर्न नसकिएको उनले दाबी गरे ।

आर्थिक अवस्थाले बिस्तारै लय समातेको दाबी गरेका गुरुङले क्रोनी क्यापिटालिजमविरुद्ध महासमिति बैठक एकताबद्ध हुनुपर्ने बताए । महासमिति बैठकले भुइँ मानिसका बारेमा सोच्नुपर्ने पनि उनले बताए । फेदमा बसेकालाई टुप्पोमा बसेकासँग दाँजेर पार्टीले नीति लिनुपर्ने गुरुङको सुझाव छ ।

‘फेदमा बसेकाले मलजल गरिरहेका हुन्छन् । टुप्पोमा हुनेहरूले फल खाइरहेका हुन्छन् । त्यसलाई पनि एउटा तादाम्यता मिलाउन पर्छ कि पर्दैन ?’ गुरुङले महासमिति बैठकमा भने ।

Tags :
प्रतिक्रिया दिनुहोस