काँग्रेस महासमिति बैठकमा प्रतिवेदनहरू भोलिमात्रै पेश हुने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेस महासमिति बैठकमा प्रतिवेदनहरू भोलिमात्रै पेश हुने


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरू भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरू छलफलका लागि पेश हुने जानकारी गराएका हुन् । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उद्घाटन सत्रमा जानकारी गराए ।

पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस