भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरिएको छ । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरूले सो माग उठाएका हुन् ।

सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौँमा भएको विश्व सामाजिक मञ्चमार्फत सरकारलाई भारतमा रोजगारीका क्रममा अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको हो ।

सुरक्षित आप्रवासनमा काम गर्दै आएका संघ संस्थाले आप्रवासनमा देखिएका विभिन्न समस्याहरूमाथि गहन छलफल र विश्लेषणपछि काठमाडौँ घोषणा पत्र जारी गर्दै सबै प्रकारका श्रमलाई सम्मान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनीहरूले गरिबी, जलवायु परिवर्तनका कारण हुने आप्रवासन तथा मौसमी आप्रवासनलाई पनि एउटै मापदण्ड बनाएर व्यवस्थित, सुरक्षित, मर्यादित बनाउन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस