२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकका लागि काँग्रेस नेताहरू गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न तहका दुई हजारभन्दा बढी प्रतिनिधि एवम नेता सहभागी भइरहेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।

पछिल्लो समय पेचिलो बन्दै गएको पार्टी महामन्त्री गगनकुमार थापाको प्रतिवेदन संशोधनको विषयमा समेत सहमति भएको पार्टीको संस्थापन पक्षका नेताहरूले दाबी गरेका छन् । सोमबार बिहान सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारीसहित बसेको बैठकमा महामन्त्री थापाको प्रतिवेदनको कतिपय विषय संशोधन गर्न तयार रहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दाबी गरे ।

उनले भने, ‘साँझ डकुमेन्ट आउँछ । संशोधन भएर आउँछ, महामन्त्रीज्यू कतिपय विषय संशोधन गर्न तयार हुनुहुन्छ ।’ सहमति जुटेसँगै महासमिति बैठकका लागि नेताहरू गोदावरीमा जम्मा भएका हुन् । महामन्त्री थापाले प्रतिवेदनमा राखेका केही विषयप्रति सभापति देउवा असन्तुष्ट थिए । विशेष गरी गठबन्धन, राष्ट्रिय सभा निर्वाचन र विधानबारे थापाले प्रतिवेदनमा राखेका विषयमा देउवाको असन्तुष्टि थियो ।

प्रतिक्रिया दिनुहोस