काठमाडौँका वडा-वडामा अनुगमन समिति गठन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौँका वडा-वडामा अनुगमन समिति गठन


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो ।

परियोजना अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो ।

कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्यांकन समिति व्यवस्था गरिएको छ । यस बमोजिम समिति गठन भएर क्रियाशील छ ।

यो समितिमा प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले तोकेको एक महिलासहित २ जना कार्यपालिका सदस्य, सार्वजनिक निर्माण विभागका प्रमुख र कानुन तथा मानव अधिकार विभागका प्रमुख सदस्य छन् । समितिको सदस्य सचिव योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस