प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा समाचार संकलन गर्न गएका पत्रिकाहरूलाई सैनिक मञ्च टुँडिखेल प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको त्यहाँ उपस्थित पत्रकारहरूले बताएका छन् ।

भित्र पस्न नपाएपछि उनीहरूले गेटमै क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन् ।

अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ । सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस