काठमाडौँ । बलम्बुका प्रहरी प्रमुख इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ जिम्मेवारीबाट हटाइएको छ । प्रहरी कार्यालयभित्रै गोली चलेपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।
सोधपुछका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँ तानिएको प्रहरी स्रोतले जानकारी दिएको छ । ।
ड्युटी सकेर ९एमएमको पेस्तोल कोतमा बुझाउन जाँदा एक्कासी इन्स्पेक्टर श्रेष्ठको पेस्तोलबाट गोली चलेको थियो ।
त्यसक्रममा उनका सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार : प्रहरी निरीक्षकले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुईजना घाइते