म्याद गुज्रिएका खाद्यवस्तु बेच्ने पाँच तारे होटेललाई १५ लाख जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

म्याद गुज्रिएका खाद्यवस्तु बेच्ने पाँच तारे होटेललाई १५ लाख जरिवाना


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । पाँच वटा पाँचतारे होटेल कारबाहीमा परेका छन् । म्याद गुज्रिएका खाद्यवस्तु बच्ने पाँचतारे होटेललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

अनुगमनका क्रममा भान्सामा प्रयोग हुने म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि कारवारी गरिएको विभागले जनाएको छ । कारबाहीमा पर्ने तारे होटेलहरूमा काठमाडौँको बौद्धमा रहेका हायात होटेल, बत्तिसपुतलीमा रहेको द्वारिकाज होटेल, बबरमहलमा रहेको बसेरा बुटिक होटेल, लाजिम्पाटमा रहेको ला हिमालयन होटेल र कुपण्डोलमा रहेको हिमालयन होटेल रहेका छन् ।

विभागका अनुसार केही दिन अघि गरिएको अनुगमनमा होटेलका भान्सा र स्टोरमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि पाँच होटेललाई १५ लाख रुपैयाँ जरिवाना गरिएको छ । प्रत्येक होटेललाई तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको विभागका निर्देशक एवम् प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

 अनुगमन गर्ने क्रममा होटेलका भान्सामा प्रयोग हुने दूध, ब्रेड, दही, जुस, आँटालगायतका खाद्यवस्तु म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए । देशकै ठुला र पाँचतारे होटेलको भान्सामा म्याद गुज्रिएका र लेबल बिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको अनुगमन टोलीले बताएको छ ।

दुई हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका म्याद गुज्रिएका खाद्यवस्तु भेटिएको र ती सामान अनुगमन टोलीले नष्ट गरेको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस