ईशनाथका थप वडामा कर्फ्यु आदेश जारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ईशनाथका थप वडामा कर्फ्यु आदेश जारी 


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन रौतहटले ईशनाथ नगरपालिकाका थप वडामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार थप वडामा कर्फ्यु आदेश जारी गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी नगरपालिकाको वडा नम्बर ६ र ७मा कर्फ्यु आदेश जारी गरेका थिए। 

सम्बन्धित समाचार : सरस्वतीको मूर्ति सेलाउने विषयमा झडपपछि ईशनाथ नगरपालिकामा कर्फ्यु जारी

नगरको वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यु लगाइएको छ।  

शनिबार इशनाथ-७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो। दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस