बसिरको अर्धशतकको मदतमा नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बसिरको अर्धशतकको मदतमा नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले २१७ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ टीमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए ।

शाहव आलम २ रनमा अविजित रहे । बलिङमा क्यानडाका कप्तान साद बिन जफरले सर्वाधिक ३ विकेट लिए ।

डिलोन हेलिगरले १, इश्वरजोत सोहि २, हर्ष ठाकरले १ र सहिद अहमदजाईले १ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस