समाजवादी मोर्चाको संयोजकमा ‘विप्लव’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समाजवादी मोर्चाको संयोजकमा ‘विप्लव’


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

आज बसेको समाजवादी मोर्चाको बैठकले ‘विप्लव’लाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन-तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।

आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ। अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरुङले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस