फ्रेन्च लिग-१ फुटबलमा पीएसजीको जित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

फ्रेन्च लिग-१ फुटबलमा पीएसजीको जित


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले पराजित गरेको हो  । पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६० औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७८ औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २-० को सहज जित निकाल्न सफल भयो । 

जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औँ स्थानमा छ । पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भयो । 

लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४ औँ र ४९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस