त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज 


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका प्रतिस्पर्धीहरूको अन्तर्वार्ता आज (आइतबार) हुने भएको छ । छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता आज लिन लागेको हो ।

उनीहरूको अन्तर्वार्ता बिहान ८ः३० बजेदेखि सुरु हुने समितिले जनाएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरूलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

त्रिविको उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए । जसमा १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका उनीहरूको माघ २९ गतेदेखि फागुन २ गतेसम्म सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्य सकिएपछि समितिले अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तापछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस