नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाए । साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भए ।

नेदरल्यान्डविरुद्ध नेपालका स्पिनर हाबी भए । स्पिनर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङ गरेका भुर्तेलले २० रन खर्चेर ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एक-एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस