नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना


४ फाल्गुन २०८०, शुक्रबार


इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।

इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका-५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । 

भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिई नागरिकता बनाउन प्रयास गरेका थिए । 

जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस