जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन 


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताएका छन् ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्ले) पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस