नेप्सेमा सूचीकृत कम्पनीहरूको वर्गीकरण (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेप्सेमा सूचीकृत कम्पनीहरूको वर्गीकरण (सूचीसहित)


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण गरेको छ । नेप्सेले कम्पनीहरूलाई ए, बी, जी र जेड गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०-८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरू वर्गीकरण गरेको नेप्सेले स्पष्ट पारेको छ ।

चुक्ता पुँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता सर्तहरू पूरा गर्ने कम्पनीहरू ए वर्गमा पर्ने गर्छन् ।

समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ समूहभित्र पर्दछन् । सो ‘ए’ वर्गभित्र ३१ वटा कम्पनी परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस