अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ११ जनाको प्रहरीद्वारा उद्धार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ११ जनाको प्रहरीद्वारा उद्धार


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । अमेरिका पठाउने भन्दै बन्धक बनाइएका ११ जनाको प्रहरीले उद्धार गरेको छ । काठमाडौँको रातोपुलस्थित एउटा घरमा बन्धक बनाइएको उनीहरूको उद्धार गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनका अनुसार उद्धार कार्य अहिले पनि जारी छ । ‘अमेरिका र मेक्सिको पठाउने भनेर राखेको रहेछ । हाम्रो टोलीले रेस्क्यु गरिरहेको छ । अप्रेसन चलिरहेको छ’, उनले भने, ‘सबै डिटेलमा आउन बाँकी छ ।’ अन्यलाई पनि बन्धक बनाइएको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस