क्यानडाविरुद्ध नेपालको ए टोली: पूर्वकप्तान ज्ञानेन्द्र प्रशिक्षक, विनोद भण्डारी कप्तान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्यानडाविरुद्ध नेपालको ए टोली: पूर्वकप्तान ज्ञानेन्द्र प्रशिक्षक, विनोद भण्डारी कप्तान


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपालले क्यानडा ‘ए’ सँगको खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। बुधबार घोषित टोलीको प्रशिक्षकका रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहँदा टोलीको कप्तानको जिम्मा विनोद भण्डारीलाई दिइएको छ।

मल्ललाई प्रशिक्षणमा कलम अलीले साथ दिनेछन्। क्यानले क्यानडा ‘ए’सँग प्रतिस्पर्धाका लागि १६ सदस्यीय टिमको घोषणा गरेको हो। टोलीमा कप्तान विनोदसहित आसुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमेद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, सहाव आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया छन्।

Tags :
प्रतिक्रिया दिनुहोस