पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ । 

जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रूपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ । 

शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेको पनि पार्टी प्रवक्ता मरियम औरङ्गजेबले सो जानकारी दिइन् । नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई संकटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन् । 

नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन् । इमरान खानको सरकार पतन भएपछि २०२२-२०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस