१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगार प्रवर्द्धन र यसका उपलब्धिहरू

अ+ अ-

परिचय
रोजगार प्रवर्द्धन भन्नाले रोजगारी सिर्जनालाई बढावा दिन वा प्रोत्साहित गर्न, बेरोजगारी दरलाई घटाउन एवम् देशभित्र आन्तरिक रोजगारीका अवसरहरूमा वृद्धि गर्ने उद्देश्यले तयार गरिएका आवश्यक नीति, रणनीति, कार्यक्रम र पहलहरूलाई जनाउँछ । यस अन्तर्गत सीप विकास कार्यक्रमहरू, क्यारियर परामर्श, रोजगार मेला, उद्यमशीलता विकासको लागि सहयोग र उद्योग व्यवसायहरूलाई विस्तार गर्न एवम् थप कामदारहरू भर्ना गर्न प्रोत्साहन गर्ने आर्थिक नीति जस्ता उपायहरू समावेश हुन्छ । यस्ता उपायहरूको माध्यमद्वारा रोजगारी प्राप्त गर्न अनुकूल वातावरण सिर्जना गरी रोजगारीको गुणस्तर सुधार गर्न जोड दिन्छ । रोजगार प्रवर्द्धनले बेरोजगार व्यक्तिहरूलाई श्रम बजारको लागि तयार गर्ने कार्य गर्दछ । यसको मुख्य लक्ष्य भनेको बेरोजगार व्यक्तिहरूलाई रोजगारी प्राप्त गर्ने थप अवसरहरू प्रदान गर्नु र आर्थिक वृद्धि बढाउनु हो । श्रम बजारलाई प्रभावकारी बनाउनु र व्यक्ति एवम् समुदायको लागि आर्थिक अवस्था सुधार गर्नु रोजगार प्रवर्द्धनको मुख्य उद्देश्य रहेको छ ।

फ्युचर अफ जब्स रिपोर्ट, २०२३ अनुसार आगामी ५ वर्ष (सन् २०२३-२०२७) मा ४४ प्रतिशत कामदारहरूको सीपमा अवरोध पुग्ने रोजगारदाताहरूको अनुमान छ । दश जना मध्ये छ जना कामदारहरूलाई सन् २०२७ अघि प्रशिक्षण चाहिने हुन्छ, तर अहिले आधा कामदारहरूले मात्र पर्याप्त प्रशिक्षणका अवसरहरूमा पहुँच गरेको देखिन्छ । सन् २०२३-२०२७ को अवधिमा शिक्षा क्षेत्रमा लगभग १० प्रतिशत रोजगारीको वृद्धि हुने अपेक्षा गरिएको छ भने कृषि क्षेत्रमा कृषि उपकरण अपरेटरहरूको रोजगारीमा ३० प्रतिशतले वृद्धि हुने अनुमान छ । सूचना प्रविधि र साइबर सुरक्षाको मागमा ३१ प्रतिशतले वृद्धि हुनेछ । कारखाना मजदुरहरूको मागमा ५ प्रतिशतले कमी आउन सक्ने आङ्कलन गरिएको छ । सन् २०२३-२०२७ सम्ममा ८ करोड ३० लाख रोजगारी गुम्ने र ६ करोड ९० लाख रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । आगामी पाँच वर्षमा ७५ प्रतिशत भन्दा बढी कम्पनीहरूले स्वचालन र कृत्रिम बौद्धिकता जस्ता प्रविधिहरूलाई अपनाउनेछ ।

बदलिँदो विश्व परिवेशमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को द्रुततर विकाससँगै श्रम बजारमा नवीन प्रविधिमैत्री र सीपयुक्त श्रम शक्तिको माग उच्च रहेकोले उपलब्ध श्रम शक्तिको सीप र दक्षता अभिवृद्धि गरी रोजगारीका उदीयमान अवसरहरूमा पदस्थापन गर्न जरुरी छ । नेपाल विश्व श्रम बजारको एक हिस्सा रहेकोले विश्व श्रम बजारमा आउने हरेक उतार चढावको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपाली श्रम बजारमा समेत पर्न सक्छ । मुलुकमा रोजगारीका अवसरहरूमा कमी आएको बेला उपलब्ध रोजगारीका अवसरहरूलाई प्रवर्द्धन गरी स्वदेशी श्रमशक्तिहरुलाई रोजगारीमा पदस्थापन गर्न जरुरी रहेको छ ।

रोजगार प्रवर्द्धनका उद्देश्यहरू
१. रोजगारी प्राप्त गर्न थप अवसर प्रदान गर्ने: आन्तरिक श्रम बजारको विश्लेषणको आधारमा उपलब्ध रोजगारीका अवसरहरूमा सीप, दक्षता र क्षमता अनुसारको जनशक्तिहरूलाई पदस्थापन गर्न बेरोजगार व्यक्तिहरूको रोजगारयोग्य क्षमता अभिवृद्धि गरी आप्रवासी कामदारको प्रतिस्थापन गर्न उपलब्ध श्रमशक्तिहरुलाई रोजगारीमा सहज पहुँच स्थापित गर्न थप अवसरहरू प्रदान गर्नु पर्दछ ।

२. मानव पूँजी निर्माण गर्ने: शिक्षा, स्वास्थ्य, सीप तथा क्षमता विकास तालिममा लगानी गरी रोजगार प्रवर्द्धनले राष्ट्रको लागि मानव पुँजी निर्माण गर्न तथा सुदृढ बनाउन र समग्र देशको समृद्धिमा दीर्घकालीन रूपमा योगदान पुर्‍याउँछ ।

३. नवप्रवर्तनलाई प्रोत्साहन गर्ने: गतिशील श्रम बजारले नवीनतम सोच, रचनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ । जसले पुँजी, प्रविधि, सीप र प्रक्रियालाई संयोजन गरी देशको समग्र सामाजिक एवम् आर्थिक विकासमा प्रगति गर्न सहयोग गर्दछ ।

४. निर्भरता घटाउने: उत्पादनशील रोजगारीले व्यक्ति र समुदायलाई सशक्त बनाउँदछ र आत्मनिर्भरतालाई बढावा दिन्छ । जसको परिणामस्वरुप कल्याणकारी वा सामाजिक संरक्षणका कार्यक्रम माथिको निर्भरतालाई घटाउँछ ।

५. सीप विकास गर्ने: यसले श्रमशक्तिहरुको सीप तथा क्षमता अभिवृद्धि गर्न खोज्छ र तिनीहरूलाई श्रम बजारमा विकसित आवश्यकताहरूसँग पङ्क्तिबद्ध गर्दै सिकाइलाई आजीवन बढावा दिन्छ ।

६. आर्थिक स्थायित्व वृद्धि गर्ने: स्थिर श्रम बजारले आर्थिक स्थायित्वमा योगदान पुर्‍याउँछ । आर्थिक चुनौतीहरूको सामना गर्दै वृद्धि र विकासलाई बढावा दिने कार्य गर्दछ ।

७. बेरोजगारी घटाउने: यसले रोजगारीका नयाँ वा थप अवसरहरू सिर्जना गरी समाजभित्र विद्यमान बेरोजगारी दरलाई घटाउन सघाउँछ ।

८. गरिबी निवारण गर्ने: यसले उत्पादनशील रोजगारी मार्फत दिगो आम्दानी प्रदान गरी व्यक्ति, परिवार र समुदायलाई गरिबीबाट बाहिर निकाल्न मदत गर्दछ ।

रोजगारका प्रवर्द्धनका चुनौतीहरू
१. आर्थिक सङ्कट/मन्दी: आर्थिक सङ्कट वा मन्दीले आर्थिक वा व्यावसायिक गतिविधिहरू कम गर्न र कामदारहरूको संख्यामा कमी ल्याउन सक्छ । जसले रोजगारी सिर्जनालाई चुनौतीपूर्ण बनाउन सक्छ ।

२. सीपको बेमेल: रोजगारदातालाई आवश्यक सीप र व्यक्तिहरूसँग भएका सीपहरू बीच मेल नहुने अवस्था हो । सीपको बेमेलले प्रभावकारी रोजगार प्रवर्द्धनका प्रयासहरूलाई बाधा पुर्‍याउन सक्छ ।

३. उद्यमशीलता विकासमा सहयोगको अभाव: उद्यमशीलता विकासको लागि अपर्याप्त सहयोगले लघु तथा साना व्यवसायहरूको वृद्धिलाई सीमित गर्न सक्छ । जुन रोजगार सिर्जनाका महत्त्वपूर्ण स्रोतहरू हुन् ।

४. प्रविधिको अवरोध: स्वचालन, कृतिम बौद्धिकता एवम् प्रविधिमा भएको प्रगति र विकासले रोजगारीमा विस्थापन निम्त्याउन सक्छ । त्यसैले श्रम बजारमा अनुकूलन गर्न श्रमशक्तिहरुलाई कामको प्रकृति अनुसारको सीप वा पुनः सीप विकास गर्न प्रयासहरू आवश्यक पर्दछ ।

५. शैक्षिक असमानताहरू: गुणस्तरीय शिक्षामा पहुँचको असमानताले निश्चित समूहहरूको रोजगारीलाई सीमित गर्न सक्छ र बेरोजगारीलाई निरन्तरता दिन्छ ।

६. सामाजिक र सांस्कृतिक बाधाहरू: सामाजिक मानदण्ड र सांस्कृतिक कारकहरूले केही व्यक्तिहरूको लागि बाधाहरू खडा गर्न सक्छन् । जसको परिणामस्वरुप रोजगारीका अवसरहरूमा उनीहरूको पहुँचलाई  सीमित गर्दछ ।

७. असमानता: आम्दानी र अवसरहरूमा विद्यमान असमानताले बेरोजगारीलाई निरन्तरता दिन सक्छ । निश्चित समूहहरूको श्रम बजार प्रवेशमा विभिन्न बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन्छ ।

८. अनौपचारिक अर्थतन्त्र: रोजगारीको महत्त्वपूर्ण अंश अनौपचारिक अर्थतन्त्रमा हुन्छ, जसले यसलाई नियमन, मापन र औपचारिक लाभहरू प्रदान गर्न गाह्रो बनाउँछ ।

९. पूर्वाधारको कमी: अपर्याप्त पूर्वाधारले रोजगारी सिर्जनालाई सीमित गर्न सक्छ र यसले उद्यम व्यवसायहरूको सञ्चालन एवम् विस्तारमा विभिन्न चुनौतीहरू सामना गर्नु पर्ने हुन्छ ।

रोजगार प्रवर्द्धनका मुख्य क्रियाकलापहरू
रोजगार प्रवर्द्धनका गतिविधि एवम् क्रियाकलापहरूले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने वा बेरोजगारी घटाउने उद्देश्यले विभिन्न मुख्य क्रियाकलापहरू सञ्चालन गर्नु पर्दछ ।

१. श्रम बजार विश्लेषण: श्रम बजारका प्रवृत्तिहरूको अध्ययन एवम् विश्लेषण गरी आगामी दिनहरूमा रोजगारी वृद्धिको सम्भावना भएका क्षेत्रहरूको पहिचान गर्ने र सोही अनुसारको सीप विकास गरी सीपको अन्तरलाई कम गर्नु पर्दछ ।

२. रोजगार विनिमय सेवा: रोजगार खोज्ने व्यक्तिहरूको योग्यता, दक्षता, अनुभव र सीपको आधारमा रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउने वा रोजगारदाताको आवश्यकताको आधारमा बेरोजगार व्यक्तिहरूलाई रोजगारदातासँग सम्पर्क स्थापित गराउने वा रोजगारीमा पदस्थापन गराउने काम गर्नु पर्दछ ।

३. उद्यमशीलता विकास: प्रशिक्षण, मार्गदर्शन, वित्तीय (कोष/पुँजी) सहयोग, मूल्य शृङ्खला, बजार शृङ्खला र पहुँच कायम गर्दै उद्यमशीलता विकास कार्यक्रमहरू मार्फत लघु तथा साना व्यवसायहरूको स्थापना, विकास एवम् प्रवर्द्धन गरी स्वरोजगारलाई प्रोत्साहन गर्नु पर्दछ ।

४. रोजगारमूलक तालिम कार्यक्रमहरू: बेरोजगार व्यक्तिहरूको रोजगारयोग्य क्षमता अभिवृद्धि गर्न तथा श्रम बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्न आवश्यक सीपमूलक तालिम एवम् क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ ।

५. प्रशिक्षण र इन्टर्नसिप कार्यक्रमहरू: श्रम बजारको आवश्यकता र मागको आधारमा बेरोजगार व्यक्तिहरूको सीप तथा क्षमता विकास गरी व्यावसायिक एवम् व्यवहारिक अनुभव समेत प्रदान गर्ने कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ ।

६. क्यारियर काउन्सिलिङ सेवाहरू: बेरोजगार व्यक्तिहरूलाई सीप र क्षमता अनुसारको उपयुक्त रोजगारीका अवसरहरू पहिचान गर्न तथा आफ्नो क्यारियरको बारेमा सूचित हुन आवश्यक निर्णयहरू गर्न मद्दत, मार्गदर्शन र परामर्श प्रदान गर्नु पर्दछ ।

७. रोजगार मेला: यसले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूले एकसाथ प्रत्यक्ष अन्तरक्रिया गर्न, व्यक्तिगत विवरण पेश गर्न र अन्तरवार्ता गर्न सक्छ । जसले उपलब्ध रोजगारी अवसरहरूमा पदस्थापन हुन सहजता कायम गर्दछ ।

रोजगार प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका
रोजगार प्रवर्द्धनमा सरोकारवालाहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन् । मुख्य सरोकारवालाहरूको भूमिका यस प्रकार रहन्छन्:

१. सरकार: रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई सहयोग गर्ने नीतिहरू तर्जुमा एवम् कार्यान्वयन गर्ने, श्रम शक्तिको रोजगारी अभिवृद्धि गर्न शिक्षा एवम् तालिम कार्यक्रमहरूमा लगानी गर्ने, रोजगारी सिर्जनालाई प्रोत्साहन गर्न उद्यम व्यवसायहरूलाई प्रोत्साहन गर्ने, आर्थिक गतिविधिहरूलाई समर्थन गर्न पूर्वाधारहरूको विकास गर्ने ।

२. निजी क्षेत्र (व्यवसायी र रोजगारदाताहरू): नवप्रवर्तन र उत्पादन वृद्धि मार्फत रोजगारीका अवसरहरू सिर्जना गर्ने, जनशक्तिहरूको प्रशिक्षण एवम् क्षमता विकास कार्यक्रमहरूमा लगानी गर्ने, आवश्यकता अनुसारको कार्य बल विकास गर्न शैक्षिक संस्था एवम् तालिम केन्द्रहरुसंग सहकार्य गर्ने, रोजगारीमा विविधता र समावेशीकरणलाई प्रवर्द्धन गर्ने ।

३. शैक्षिक संस्था एवम् तालिम केन्द्रहरू: श्रम बजारको माग अनुसारको जनशक्ति तयार गर्न समयानुकूल पाठ्यक्रमको विकास गर्ने र सोही अनुसारको जनशक्ति तयार गर्ने, श्रम बजारमा उदीयमान सीपहरू र प्रवृत्तिहरूको पहिचान गर्न अध्ययन अनुसन्धान सञ्चालन गर्ने, इन्टर्नसिप र व्यावहारिक प्रशिक्षणका अवसरहरू प्रदान गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने ।

४. गैरसरकारी संस्था र विकास साझेदार संस्था: विशेष गरी विपन्न वर्ग, सीमान्तकृत समूह र महिलाहरूको लागि सीप विकास एवम् तालिम कार्यक्रमहरू सञ्चालन गर्ने, समावेशी रोजगारीका अभ्यासहरूलाई प्रोत्साहन गर्ने नीतिहरूको वकालत गर्ने, रोजगारी खोज्नेहरूलाई रोजगार सेवा सहायता प्रदान गर्न सहयोग गर्ने, रोजगारी प्रवर्द्धन विभिन्न परियोजनाहरूमा लगानी गर्ने ।

५. मिडिया वा सञ्चार क्षेत्र: रोजगारीका अवसरहरू, सीप विकास कार्यक्रमहरू र रोजगारीका प्रवृत्तिहरू बारे जानकारी फैलाउने, रोजगार प्रवर्द्धन र कार्य बल विकासको महत्वबारे चेतना जगाउने र श्रम एवम् श्रमिकलाई मर्यादित बनाउन विभिन्न सचेतनामूलक सामग्रीहरूको प्रकाशन र प्रसारण गर्ने ।

रोजगार प्रवर्द्धनका उपलब्धिहरू
१. सामुदायिक विकास: रोजगारीबाट प्राप्त आम्दानीले खर्च गर्ने क्षमता बढाउँछ र जीवनस्तरमा सुधार ल्याउँछ । यसले समुदायको समग्र विकासमा योगदान पुर्‍याउँछ ।

२. अन्तर-सम्बन्धित लाभहरू: रोजगारीले व्यक्तिलाई आयको अवसर प्रदान गर्दछ । यसले उत्पादकत्व क्षमता बढाउँछ । जसले शिक्षा, स्वास्थ्य , पोषण, आवास, मानव विकास जस्ता अन्तर सम्बन्धित क्षेत्रहरूलाई सहयोग पुर्‍याउँछ ।

३. मानव पूँजी विकास: रोजगारीका अवसरहरूको निरन्तर चक्रले मानव पुँजीको विकासमा योगदान पुर्‍याउँछ । जसले सीपयुक्त, दक्ष, प्रतिस्पर्धी र अनुकूलनीय जनशक्ति सिर्जना गर्दछ ।

४. आर्थिक वृद्धि: रोजगारीमा भएको वृद्धिले उपभोक्ता खर्च, उत्पादन र आर्थिक गतिविधिहरू बढाएर आर्थिक वृद्धिमा योगदान पुर्‍याउँछ ।

५. सीप विकास: उपलब्ध रोजगारीका अवसरहरूले सीप प्राप्त गर्न, निरन्तर सीप सिक्न र कार्यबलको क्षमता अभिवृद्धि गर्न तथा थप अनुकूलनीय बनाउन मद्दत गर्छ ।

६. गरिबी न्यूनीकरण: उत्पादनशील रोजगारीले व्यक्तिहरूलाई र आश्रित परिवारको जीवनयापनमा सहजता प्रदान गर्दछ । यसले गरिबी दरलाई घटाउँछ र व्यक्तिहरूको गरिबी निवारण हुन्छ ।

निष्कर्ष
रोजगारी सिर्जना अर्थतन्त्रमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न केन्द्रित हुन्छ भने रोजगार प्रवर्द्धनले ती रोजगारीहरूलाई सुरक्षित र सफल बनाउन आवश्यक सीप र स्रोत साधनहरू उपलब्ध गराउने कुरामा जोड दिन्छ । रोजगार प्रवर्द्धनका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन गर्न, सक्षम र समृद्ध श्रम बजार निर्माण गर्न श्रम बजारका विभिन्न पक्षहरूलाई सम्बोधन गरी सरोकारवालाहरूबिच प्रभावकारी समन्वय र सहकार्य गर्न आवश्यक हुन्छ । रोजगार प्रवर्द्धनले गतिशील श्रम बजारभित्र तत्काल र दीर्घकालीन आवश्यकताहरूलाई सम्बोधन गरी रोजगारी सिर्जनाका लागि अनुकूल वातावरण सिर्जना गर्दै रोजगारीको गुणस्तर सुधार गर्नमा सघाउँछ । जसले रोजगारीको मात्रा र गुणस्तर दुवै पक्षहरूलाई सम्बोधन गरी सक्षम र प्रभावकारी श्रम बजारमा सँगै योगदान पुर्‍याउँछ । समग्रमा रोजगार प्रवर्द्धनले समृद्ध समाज सिर्जना गर्न तथा व्यक्तिगत एवम् सामुदायिक कल्याणलाई बढावा दिन र दिगो आर्थिक विकासको लागि बलियो आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस