गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको जितेन्द्र देवको दाबी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको जितेन्द्र देवको दाबी


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन्।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। उनले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताए।

उनले भने,‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ। गठबन्धनले भ्रष्टाचार बढायो। एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ। त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्ने गरी संविधानमा संशोधन गर्ने हो कि ? जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस