विज्ञान तथा प्रविधिमा काम गर्ने व्यक्ति, कम्पनी र संस्थालाई सूचीकृत हुन आव्हान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विज्ञान तथा प्रविधिमा काम गर्ने व्यक्ति, कम्पनी र संस्थालाई सूचीकृत हुन आव्हान


२९ माघ २०८०, सोमबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञ सेवा प्रदान गर्ने, परामर्श सेवा प्रदान गर्ने, सामान आपूर्तिकर्ता, शोधकर्ता लगायतका व्यक्ति, फर्म, कम्पनी र संस्थाहरूलाई सूचीकृत हुन आव्हान गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै फोसील फ्युल टु इलेक्ट्रिक भेईकल कन्भर्सन, स्पेस साइन्स एण्ड टेक्नोलोजी‘ अन्तरिक्ष विज्ञान र प्रविधि’, इन्टरनेट थिङ्स, आर्टिफिसीयल इन्टीलिजेन्स्र‘एआई’, न्युक्लियर साइन्स एण्ड टेक्नोलोजी, रेडियसन सेफ्टी एण्ड सेक्युरेटी, मोक्लर ईन्जिनियरिङ र अप्लाइड क्यामिस्ट्री जस्ता विज्ञ तथा प्रविधिसँग सम्बन्धित कम्पनी र संस्थाहरूलाई सूचीकृत हुन आव्हान गरेको हो ।

मन्त्रालयका अनुसार विज्ञ तथा प्रविधिसँग सम्बन्धित सेवा प्रदान गर्ने, परामर्श सेवा प्रदान गर्ने, सामान आपूर्तिकर्ता, शोधकर्ता लगायतका व्यक्ति, फर्म, कम्पनी र संस्थाहरूले प्रदान गर्ने सेवा खुलाई देहायका कागजात सहित १० दिनभित्र मन्त्रालयमा उपस्थित भई वा मन्त्रालयको इमेल मार्फत सूचिकृत हुन आव्हान गरिएको छ ।

मन्त्रालयको इमेल ‘इनोभेशन एटदरेट डट एओर्ईएसटी डट जिओभी डट एनपी’ मार्फत सूचीकृत हुन सक्ने जनाइएको छ ।

सूचीकृतका लागि फर्म, कम्पनी तथा संस्थाले सार्वजनिक खरिद नियमावली, २०६४ को अनुसूची २ ‘क’ बमोजिम, विज्ञ तथा शोधकर्ताले निवेदन सहितको पत्र, वैयक्तिक विवरण, नागरिकता, प्यान/भ्याटको विवरण, शैक्षिक/तालिम सम्बन्धी प्रमाणपत्र, विज्ञता वा शोधलाई प्रतिनिधित्व गर्ने कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस