पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने ‘प्रचण्ड’को घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने ‘प्रचण्ड’को घोषणा


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने घोषणा गरेको छ । पार्टीले सञ्चालन गरेको चार महिने विशेष रूपान्तरण अभियानका क्रममा जिम्मेवारी पुरा नगर्नेमाथि कारबाही गर्ने भएको हो ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् । उनले कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरूलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि निर्देशन दिए । रिपोर्टका आधारमा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अधि बढिने बताए ।

यस्तै ‘प्रचण्ड’ले अभियानका क्रममा धेरै खटिने नेताहरूलाई विशेष सम्मान गरिने पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस