साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४०० बढी नेपाली जेलमा


२९ माघ २०८०, सोमबार


काठमाडौँ । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । 

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ । 

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झण्डै चार लाख नेपालीहरू त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपालीहरू मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

ती अधिकारीका अनुसार हाल ४०० भन्दा धेरै नेपालीहरू जेलमा पुगेका छन् । तर वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आङ्कलन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस