काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दारसमेत हुन् ।
उनका अनुसार उनीहरूलाई केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।