राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट नदिने मन्त्री गुरुङको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट नदिने मन्त्री गुरुङको दाबी


२८ माघ २०८०, आइतबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन्।

नेपाली काँग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गरे।

‘वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण थियो। सबैतिर अब नेपाल पनि श्रीलंकाकै पदचापमा जाने भयो भन्ने अवस्थामा थियो,’ उनले भने, ‘हामीहरू मन्त्रीमण्डलमा समावेश भइसकेपछि त्यो अप्ठ्यारो परिस्थितिबाट बिस्तारै ‘ट्र्याक’मा ल्याउँदै छौँ। पूरै राम्रो भइसकेको भने छैन।’

केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको भनाइ उनको भनाइ थियो। ‘हामीले चाहे जति गर्न सकिरहेका छैनौँ, मैले स्वीकार गर्छु,’ उनले भने।

मन्त्री गुरुङले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताए।

न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो। उनले भने, ‘न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन।’

Tags :
प्रतिक्रिया दिनुहोस