आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


२८ माघ २०८०, आइतबार


सुन

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ ।  चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस