एक लाख बढी बाख्रालाई खोप लगाइँदै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एक लाख बढी बाख्रालाई खोप लगाइँदै 


२७ माघ २०८०, शनिबार


दैलेख । दैलेखमा एक लाखभन्दा बढी भेडा बाख्रालाई पिपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडा बाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्लाभरिका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

जिल्लाका करिब एक लाख १६ हजारभन्दा बढी भेडा बाख्रालाई पिपीआरविरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए । जिल्लाका ११ वटै स्थानीय तहमा उक्त सङ्ख्यामा पिपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका-१ बाट खोप अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताए । दैलेखका ११ वटै पालिकामा दुई लाख ५० हजार बाख्रा रहेको उनले जानकारी दिए । 

उनले जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या एक लाख १६ हजार बाख्रालाई पिपीआर खोप, करिब ४० हजार बढी कुखुरालाई रानीखेत खोप र बङ्गुरलाई स्वाइन फिभर खोप लगाउने लक्ष्य तय गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस