१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २८ हजार नजिक

अ+ अ-

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै  मन्त्रालयले गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ। इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन्। केही पीडितहरू भग्नावशेषमुनिपुरिएको बताइएको छ ।

यसै बीच प्यालेस्टिनी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

स्रोत सिन्ह्वालाई बताए अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ती क्षेत्रमा चल्ने सबै चीजहरूमा ड्रोन आक्रमणका कारण एम्बुलेन्सहरू लक्षित स्थानमा पुग्न सकेका छैनन् ।

 यसैबीच, दक्षिणी गाजान शहर रफाहमा दुई वटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन्।

प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ ।

साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनीहरू मारिएका छन्  भने केही घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस