गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा, बिस्तारै भड्खालोमा जान्छ : प्रदीप ज्ञवाली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा, बिस्तारै भड्खालोमा जान्छ : प्रदीप ज्ञवाली


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले नेपालका सबै अङ्गहरू काम नलाग्ने भएको बताएका छन्। सबै सूचकहरू नकारात्मक दिशामा गइरहेको भन्दै उनले बिस्तारै देश भड्खालोमा जाने बताए।

गठबन्धन सरकारका कारण देश ‘फेलियर’ को दिशामा अगाडी बढेको उनको टिप्पणी थियो। सन्धिखर्कमा भएको एमालेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले मूलक अहिले स्वस्थ अवस्थामा नरहेको बताए। गठबन्धनको हातमा मुलुक गएपछि देशका सबै ईन्डिकेटर नकारात्मक, जोखिमपूर्ण र ओरालो लागेको बताए।

‘मल्टिपल अर्गान फेलियर’ भएजस्तो देशको अवस्था पनि त्यसै दिशा तर्फ उन्मुख भएको उनले बताए। ‘पेट दुख्दा दुख्दै निमोनिया हुन्छ। निमोनिया सन्चो हुँदा नहुँदै फोक्सो बिग्रन्छ। फोक्सोको उपचार गर्दा गर्दै मिर्गौला फेल हुन्छ अनि बिस्तारै बिरामीको मृत्यु हुन्छ। ठ्याक्कै त्यही अवस्थाबाट देश गुज्रिरहेको  । यही चाल रहे देश भड्खालोमा जान्छ’उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस