आज यी दुई प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज यी दुई प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति  गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस