काठमाडौँ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता भोलि पुनः बस्ने गरी स्थगित भएको छ । आजको वार्ता एजेन्डामा प्रवेश नै नगरी भोलि बिहान पुनः बस्ने सहमतिमा स्थगित भएको हो ।
आज भएको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बनाएको वार्ता टोलीकाबीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको बताइएको छ ।
संघर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेन्डा प्रस्तुत गरेको थियो । सहभागीहरूको अनुसार वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ । भोलि पुनः बस्ने गरी आजको वार्ता स्थगित भएको एक नेताले बताए ।