फागुन छ गतेदेखि प्रतिनिधि सभामा ई-हाजिरी सुरु हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फागुन छ गतेदेखि प्रतिनिधि सभामा ई-हाजिरी सुरु हुने


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । फागुन छ गतेदेखि प्रतिनिधि सभामा ई-हाजिरी सुरु हुने भएको छ । विद्युतीय हाजिरी लिनका लागि संघीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सकेको छ ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार संसद् भवनमा विभिन्न ठाउँमा हाजिरी मेसिन राखिने र ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउने र वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको छ ।

राष्ट्रियसभाले भने यसअघिदेखि नै विद्युतीय हाजिरी सुरु गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस