लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने


२४ माघ २०८०, बुधबार


काठमाडौँ । इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने भएको छ । लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने भएको हो । 

इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।

उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस