संसदमा कानुन निर्माणमा केन्द्रित हुने जसपाको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संसदमा कानुन निर्माणमा केन्द्रित हुने जसपाको निर्णय


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कानुन निर्माणमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको जसपाको संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानुन निर्माणमा केन्द्रित हुन र संसदमा आफ्नो सशक्त उपस्थिति देखाउने निर्णय गरेको हो ।

बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको जसपाले जनाएको छ । बैठकमा सांसदहरु चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस