बीपी प्रतिष्ठानको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्रीलाई डा. तोसिमा कार्कीको पत्र « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बीपी प्रतिष्ठानको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्रीलाई डा. तोसिमा कार्कीको पत्र


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकी छन् ।

मंगलबार प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’लाई पत्र लेख्दै उनले बारम्बार हुने गरेका बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद र नोक्सानको विषय भएको बताएकी हुन् ।

२०५० सालमा धरानमा स्थापित प्रतिष्ठान नेपालको एक अग्रणी स्वास्थ्य संस्था र पूर्वी भेगको एक विशिष्टकृत रिफरल अस्पतालको रूपमा रहँदै आएको छ । ‘तर बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्येको एकको रूपमा स्थापित प्रतिष्ठान आज क्षयीकरणको क्रममा छ, जुन सिंगो देशकै लागि दुःखद र नोक्सानको विषय हो,’ उनले भनेकी छिन् ।

प्रतिष्ठानको विकास र विस्तारमा योगदान गरेका शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामो समयदेखि रोकिएकाले उनीहरूमा उत्प्रेरणा र ऊर्जा हराउँदै गएको डा. कार्कीले बताएकी छन् । पटक पटक आन्दोलन र सम्झौता हुने तर समस्या समाधान नभएको भन्दा उनले गत भदौ १३ देखि २४ गतेसम्म र असोज २२ देखि कात्तिक २० गतेसम्म चरणबद्ध रूपमा भएका शिक्षकहरूको आन्दोलनले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको जानकारी गराएकी छन् ।

यस्तो छ डा. तोसिमा कार्कीको पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस