बार एसोसिएसनका प्रतिनिधि र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बार एसोसिएसनका प्रतिनिधि र चिनियाँ राजदूतबीच भेटवार्ता


२३ माघ २०८०, मंगलबार


काठमाडौँ। नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ।

सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरे।

यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस