बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। 

प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। 

क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।

बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरूले यस अवधिमा उनलाई सार्वजनिक रूपमा वहन गर्नुपर्ने जिम्मेवारीहरू स्थगित गर्न भनेका छन्। 

७५ वर्षीया राजा अस्पतालमा भने भर्ना भएका छैनन्। ‘आउटडोर प्यासेन्ट’का रूपमा उनको उपचार चलिरहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस