बिना सर्त नेपालीहरूलाई फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बिना सर्त नेपालीहरूलाई फिर्ता गर्न माग गर्दै रुसी दूतावास अगाडि प्रदर्शन


२२ माघ २०८०, सोमबार


काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकारकर्मीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालीहरूलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरूलाई बिना सर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा उनीहरूले रसिया: स्टप वार प्रोमोट पिस, ७१२ डेज अफ वारः नोथिङ अचिभ्ड एक्सेप्ट डिभास्टेशन’, ७१२ डेज अफ वारः गेइन्ड नथिङ, लस्ट मेनि थिङ्गस लगायतका प्लेकार्डहरू देखाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस