पौने चार करोड ठगी गर्ने लामा पुर्पक्षमा जेल चलान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पौने चार करोड ठगी गर्ने लामा पुर्पक्षमा जेल चलान


२२ माघ २०८०, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगारीका नाममा आङपासाङ शेर्पासहित ८४५ जनासँग पौने चार करोड ठगी गर्ने लालबहादुर लामा पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले न्यायाधिकरणमा परेको जाहेरीका आधारमा तीन करोड ९३ लाख १४ हजार ३३३ ठगी गरेको गर्ने लामालाई पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको हो ।

लामाले शेर्पासहित ८४५ जनालाई वैदेशिक रोजगारका लागि लुथनियालगायतका देशमा पठाइदिन्छु भन्दै उक्त रकम बुझी लिएको र रकम लिइसकेपछि भनेको मुलुकमा नपठाएको तथा लिएको रकमसमेत फिर्ता नगरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस