सूर्यविनायकमा अस्थायी संरचना धमाधम भत्काइँदै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सूर्यविनायकमा अस्थायी संरचना धमाधम भत्काइँदै


२२ माघ २०८०, सोमबार


काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरू हटाउन थालिएका छन्।

नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरू डोजर लगाएर भत्काउन सुरु गरिएको हो।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजनाको काम भइरहेको छ। योजना अन्तर्गत राजमार्ग खण्डभित्र पर्ने गरी बनाइएका टहरालगायतका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको हो।

राजमार्गको केन्द्रबाट ७५ फिटको क्षेत्राधिकार भित्र बनाइएका अस्थायी संरचनाहरू भत्काउन थालिएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस