६६ औँ ग्रामी अवार्ड : यी हुन् प्रमुख विजेता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

६६ औँ ग्रामी अवार्ड : यी हुन् प्रमुख विजेता


२२ माघ २०८०, सोमबार


काठमाडौँ । संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६ औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् ।


यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।

यसपछि फोबे ब्रिजर्स, रिकर्डिंङ इञ्जीनियर सेर्बन गेनिया र विक्टोरिया मोनेट सात मनोनयनमा परेका थिए । ओलिविया रोड्रिगो र टेलर स्विफ्ट ६-६ मनोनयनमा थिए ।
यी हुन् प्रमुख विजेता
सङ अफ द इयर
ह्वाट ह्वाज आइ मेड फर-बिली इलिस
बेस्ट पप सोलो परफर्मेन्स
माइली साइरस-फ्लावर
बेस्ट एलबम
एसजेटए-एसओएस
बेस्ट परफर्मेन्स
कोको जोन्स-आइसीयू
 र्‍याप एलबम
माइकल-किलर माइक
बेस्ट अफ्रिकन म्यूजिक परफर्मेन्स
टायला-वाटर
पप डुओ/ग्रुप परफर्मेन्स
एसजेटए, फोबे ब्रिजर्स-घोस्ट इन द मसिन
म्यूजिक भिडियो
द बीटल्स, जोनाथन क्लाइड, एम कुपर-आई एम ओन्ली स्लीपिङ
ग्लोबल म्युजिक परफर्मेन्स
जाकिर हुसेन, बेला फेक, एडगर मेयर-पश्तो
अल्टरनेटिभ म्यूजिक एलबम
बायजिनियस- द रिकोर्ड
प्रोड्युसर अफ द इयर-नन क्लासिकल
ज्याक एन्टोनोफ
प्रोड्युसर अफ द इयर-क्लासिकल
ऐलेन मार्टोन
बेस्ट पप भोकल एलबम
मिड नाइट्स-टेलर स्विफ्टस
बेस्ट आरएण्डबी सङ
स्नुज-एसजेटए
बेस्ट आरएण्डबी परफर्मेन्स
आइसीयू-कोको जोनस
बेस्ट आरएण्डबी एलबम
जागुअर २-भिक्टोरिया मोनेट
बेस्ट कन्ट्री सङ
ह्वाइट हर्स-क्रिस स्टापलेटोन
बेस्ट कन्ट्री एलबम
बेल बटन कन्ट्री- लेइनी विल्सन

Tags :
प्रतिक्रिया दिनुहोस