२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकाको न्यु जर्सीमा हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२०२६ को फिफा विश्वकपको उद्घाटन मेक्सिकोमा, फाइनल अमेरिकाको न्यु जर्सीमा हुने


२२ माघ २०८०, सोमबार


काठमाडौँ। सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो ।

उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रूपमा रहेका छन् ।

विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको अज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।

अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस